ब्यवसायिक हब बनाउँन उपमहानगरपालिकाको साथमा छौँ : महासचिव गिरी

रञ्जन यादव
1.2k पाठक संख्या

जीतपुर : जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका महासचिव प्रकाश गिरीले जीतपुरसिमरा उपमहानगरलाई ब्यवसायीक हब बनाउँन उपमहानगरपालिकासँग काँधमा काँध मिलाई अगाडि बढ्न तयार रहेको बताएका छन् ।

उपमहानगरपालिकाले नगरपालिकामा आयोजना गरेको उद्योगी तथा व्यवसायीसँगको अन्तरक्रिया कार्यक्रममा गिरीले नगरको विकास,व्यापारको सहजता र व्यवस्थापनसँग सम्बन्धित विभिन्न महत्वपूर्ण सुझावहरू राखेका थिए ।

गिरीले उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेललाई सुझाव स्वरूप रातो पुलको सौन्दर्यकरण गर्नुपर्नेमा जोड दिए, जहाँ राष्ट्रिय झण्डा समेत राख्ने व्यवस्था मिलाइनुपर्ने बताएका छन ।

त्यस्तै उनले ६ लेन सडकमा लगाइएका रूख र बिरुवाको स्याहार–सुसार नगरेकोप्रति गुनासो गर्दै,वातावरणीय सन्तुलनका लागि यस्ता संरचनाहरूको हेरचाह अनिवार्य रहेको उनले बताए ।

६ लेन सडकमा बनाइएका बारले व्यापारमा प्रत्यक्ष असर परेको भन्दै गिरीले साना तथा ठूला व्यवसायीहरू आर्थिक रूपमै प्रभावित भएको उल्लेख गरे।

साथै,उद्योग वाणिज्य संघको आफ्नै सभा हल नहुनुले व्यवसायिक कार्यक्रमहरू सञ्चालन गर्न कठिनाइ भोग्नुपरेको जानकारी गराउँदै त्यसको शीघ्र निर्माण आवश्यक रहेको बताए।

उनले युवाहरूलाई जनप्रतिनिधिको रूपमा मूल्याङ्कन गर्दा उमेरको आधारभन्दा पनि उनीहरूको कार्यकुशलता,सोच र योगदानको आधारमा मूल्याङ्कन गर्नुपर्ने सुझाव पनि उनले प्रस्तुत गरेका छन ।

Leave a review

This will close in 0 seconds