बिद्यालयहरुलाई यथाशिघ्र समिति गठन उपमहानगरको निर्देशन

रञ्जन यादव
381 पाठक संख्या

जीतपुर । सामुदायिक बिद्यालयहरुलाई यथाशिघ्र ब्यवस्थापन समिति गठन बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले निर्देशन दिएको छ ।

उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित अधिकांश सामुदायिक बिद्यालयमा ब्यवस्थापन समिति गठन नभएको गुनासो आएका कारण उपमहानगरपालिकाको कार्यालयले एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएका हो ।

शिक्षा शाखाका प्रमुख शिवजी प्रसादले यथाशिघ्र ब्यवस्थापन समिति गठन गर्न सुचना जारी गरेका हुन । जारी सूचनामा बिद्यालय ब्यवस्थापन गठन प्रक्रिया अगाडी नबढाउँने बिद्यालयहरुको निकासा कार्यक्रम कार्यान्वयन कार्यबिधि २०८१।०८२ बमोजिम रोक्का गरिने उल्लेख छ ।

जारी सूचनामा उपमहानगरपालिकाको शिक्षा ऐन,२०७५ को परिच्छेद ५ को दफा १९ बमोजिमको बिद्यालय ब्यवस्थापन समिति यथाशिघ्र गठन गरी उपमहानगरपालिकाको कार्यालयलाई अनिवार्य रुपमा जानकारी गराउँन अनुरोध गरिएको छ ।

Leave a review

This will close in 0 seconds