सडक ढलान प्रकरण : उपभोक्ता समितिको नाममा ठेकेदार कुशवाहाको रजाई

साझेदारी दैनिक
721 पाठक संख्या

बारा : मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार,पर्यट्न,खेलकुद लगायतका मन्त्रालयबाट बारामा संचालन भईरहेको योजनाहरुमा ठेकेदारहरुको रजाई रहेको छ। उनीहरुले उपभोक्ता समितिको नाममा हाकाहाकी ब्रह्मलुट मच्चाएका छन्।

ठेकेदारहरुले कागजी प्रकृया पु-याउनका लागि नामको मात्र उपभोक्ता समिति बनाएका छन्। ठेकेदारहरुले योजनाहरु आफुखुशी संचालन गरिरहेको पाईएको छ।

भौतिक पूर्वाधार विकास मन्त्रालय बाट सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ मा पूर्व मूख्यमन्त्री सरोज कुमार यादवको सिफारीसमा संचालन भईरहेको गंगानगर बमनहर देखी नयकाटोला जाने नहरको सडक ढलान योजना यस सन्दर्भमा उदाहरण भएको छ। ४५ लाख रुपैयाँ बजेट रहेको यो योजनाको उपभोक्ता समिति गठन भएको छ। त्यहींका ठेकेदार राजकिशोर कुशवाहाले उपभोक्ता समिति गठन गरी यस्को नाममा निर्माण कार्य गरिरहेका छन्।

निर्माण कार्यको काम सुरुवात गर्दा पूर्वाधार विकास कार्यालय बाराका त्यस भेगका साईट इन्जिनियर आरती चौधरीलाई जानकारी नै नगराई सुरुवात गरेको पाईएको छ। योजना संचालन गर्दा कुनै किसिमको योजना सम्बन्धी जानकारी सहितको बोर्ड राखेका छैनन्।

ठेकेदारले भने स्थानीयहरुले विरोध गर्दा पूर्वमूख्यमन्त्री यादवको धाक लगाउने गरेको स्थानीयहरु बताउँछन्। ठेकेदार कुशवाहाले गुणस्तरहीन निर्माण कार्य गरीरहेको पाइएको छ।

स्थानीय युवाहरुले विरोध जनाउँदा ठेकेदारले शक्तिको धाक देखाएर आफुखुशी गरेको स्थानीय यूवा तथा न्यू समृद्ध यूवा क्लबका उपाध्यक्ष महाराज यादवले बताएका छन्।

किसान जनमत संघका अध्यक्ष गगनदेव कुशवाहाले पनि ठेकेदारले गुणस्तरहीन काम गरिरहेको बताए। उपभोक्ता समिति कागजमा बनाई बिना कुनै सूचना तथा जानकारीको ठेकेदारहरुले निर्माण कार्य गरी भ्रष्टाचार गरिरहेको उनको आरोप रहेको छ। ठेकेदार राजकिशोर कुशवाहाले भने बोर्ड छाप्नलाई दिएको जनाए। ईष्टिमेट अनुसार काम भइरहेको उनले बताए। ठेकेदारले काम राम्रो गरिरहेको दावि गरेका छन्।

यता ठेकेदार राजकिशोर कुशवाहासंग प्रतिक्रिया लिनलाई ९८१४२१२३९० नम्बरमा सम्पर्क गर्दा उनको मोबाइल अफ रहेको थियो ।

त्यस्तो पूर्वाधार विकास कार्यालय बाराका ईन्जिनियर आरती चौधरीले ठेकेदारको काम देखेर चित्त नबुझेको प्रतिक्रिया दिएकी छन्। साईट ईन्जिनियर चौधरीले आफुलाई बिना जानकारी गराई काम सुरु गरेको जनाइन्।

ठेकेदारले सुरुको ढलान विगारेको सूचना आएपछि योजनास्थलमा पुगेर सच्याउन भने पछि सच्याएको उनले जनाइन्। पहिला भएको ढलानको मूल्यांकन पनि घटाएर बिल बनाउने उनले जनाइन्।

Leave a review