गरुडा नगरपालिकाद्वारा छात्रालाई साइकल

Subash Kumar Mishra
493 पाठक संख्या

रौतहट : रौतहटको गरुडा नगरपालिकाले नगरका एक विद्यालयमा विपन्न परिवारका छात्राहरुलाई लक्षित गरी २२ वटा साइकल वितरण गरेको छ।

गरुडा नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले नगरपालिकाको वडा नं.–७ मा रहेको एक विद्यालयमा उनले साइकल वितरण गरेका हुन्। यहाँस्थित श्री माध्यामिक विद्यालय पिपरिया दोस्तियामा अध्ययनरत २२ जना छात्राहरुलाई बुधबार एक समारोहका बीच निःशुल्क साइकल वितरण गरिएको हो।

नगरप्रमुख जयसवालले घरदेखि विद्यालयको दूरी टाढा भएको हुनाले विद्यार्थीहरुलाई आउनजान समस्या भोग्नु परेको बताए। छात्राहरुको शैक्षिक यात्रालाई सहज बनाउन र नियमित उपस्थितिको सुनिश्चितताका लागि साइकल वितरण गरिएको उनले बताए। साइकल पाएपछी छात्राहरुलाई विद्यालयमा नियमित अध्ययन अध्यापन गर्न ठुलो सहयोग पुग्ने उनको विश्वास रहेको छ।

नगरका विपन्न परिवारका छात्राहरुलाई लक्षित गरी गरिएको यो कार्यक्रमले छात्राहरुलाई विद्यालयमा निरन्तरता गराउन धेरै प्रभावकारी हुने उनको कथन रहेको छ। पालिकाको समग्र विकासका लागि नगर प्रमुख जयसवाल लागिपरेको र अझै धेरै राम्रा कार्यक्रमहरु बाँकी रहेको उनले बताए।

नगर प्रमुख जयसवालले चालु आर्थिक वर्षमा गरुडा नगरपालिकाले नगरस्तरीय बजेटमार्फत साइकल वितरण कार्यक्रम सञ्चालन गरेको उनले जानकारी दिए।

यस कार्यक्रम अन्तर्गत नगरभित्रका सबै सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा दलित समुदायका छात्राहरुले क्रमशः साइकल पाउने उनले जनाए।साइकल वितरण कार्यक्रममा कक्षा ८ मा अध्ययनरत छात्राहरुले साइकल पाउँदा अत्यन्तै खुशी हुँदै नगर प्रमुख जयसवालको सराहना गरे ।

शिक्षा शाखाका सह–संयोजक शेख चाँद अलीले छात्राहरुको पठनपाठनमा सहजता ल्याउन र विद्यालयसम्मको पहुँच सुनिश्चित गर्न यो कार्यक्रम ल्याइएको जनाए। विद्यालय टाढा भएकाले कतिपय छात्राहरुले अध्ययन बीचमै छाड्ने अवस्था अन्त्य भई नियमित उपस्थिति सुनिश्चित हुने उनको विश्वास छ। कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष प्रबिण सिंह यादवले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए।

उनले गरिब तथा दलित समुदायका बालबालिकाहरुको शिक्षा सुनिश्चित गर्न पालिका निरन्तर क्रियाशील रहेको उनले बताए।

सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक,शिक्षक,अभिभावक तथा वडाप्रत्यासी दिनेश यादब,स्थानियबासी,समाजसेवीहरु तथा सञ्चारकर्मी लगायतको उपस्थिति रहेको जनाइएको छ।

Leave a review

This will close in 0 seconds