पुरुषोत्तम साहलाइ सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

साझेदारी दैनिक
888 पाठक संख्या

कलैया :गोपनीयता सम्बन्धी कसूर र विधुतिय कारोवार ऐन २०६३ विरुद्धको कसुरमा पक्राउ परेका नेकपा एमाले बाराका प्रचार प्रसार संयोजक पुरुषोत्तम साहलाई सात दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न बारा जिल्ला अदालतले अनुमति दिएको छ। जिल्ला अदालत बाराले बुधबार सात दिन म्याद थप गरेको हो।

साहसहित घसुकपुर निवासी २२ बर्षिय बिजय कुशवाहा र कलैया उपमहानगरपालिका वडा नम्बर ७ बरेवाबस्ने दिपक राउत पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

कलैया उपमहानगरपालिका वडा नम्बर ५ निवासी साहले आफ्नो श्रीमतिलाई बिभिन्न आरोप प्रत्यारोप लगाई उनीसंग नबस्ने भनी मानसिक यातना दिदै आएको उजूरी परेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

साहको यो तेश्रो विवाह हो। उनको पहिलो बिबाह सामाजिक परम्परा अनुसार भएको थियो। पहिलो श्रीमतिसंग सम्बन्ध बिच्छेद भएपछि उनले दोस्रो विवाह गरेका थिए।

दोस्रो श्रीमतिसंग पनि सम्बन्ध बिच्छेद भएपछि उनले २०८१ पुष २८ गते तेश्रो विवाह गरेका थिए। उनले विवाह गर्नु अघि दुई कठ्ठा जग्गा तेश्रो श्रीमतिको नाममा पास गरेका थिए।

बिभिन्न जालझेल गरी उक्त जग्गा साहले आफ्नो नाममा फिर्ता गराएको समेत खुलाशा भएको छ। उनले तेश्रो श्रीमतिको अरु युवक संग प्रेम सम्बन्ध रहेको आरोप लगाउदै उनीसंग सम्बन्ध बिच्छेद गर्नका लागि सासु,ससुरा लाई मानसिक यातना दिदै आएका थिए।

उनको यातना सहन नसकेर तेश्रो श्रीमतिले जिल्ला प्रहरी कार्यालय बारामा मंगलबार उजूरी दिएकी थिइन् ।

साह वल्र्ड लिंक कम्प्युटर ईन्सिच्युटका सञ्चालक हुन ।

Leave a review

This will close in 0 seconds