रौतहट । पूर्व मन्त्री प्रभु नेतृत्वको आम जनता पार्टी (आजपाका ) सचिवालय सदस्य एवम फतुवा विजयपुर नगरपालिकाका मेयर प्रत्यासी विजय यादव निर्विजले गम्भीर प्रश्न गरेका छन्।
उनले आफ्नो आधिकारिक समाजिक सञ्जाल फेसबुक पेज मार्फत
यस्तो प्रश्न गरेका हुन्। उनले कटहरियामा एकीकृत सेवा केन्द्र किन रोकियो भन्ने प्रश्न गरेका हुन्।
उनले कटहरियामा तत्काल एकीकृत सेवा केन्द्र स्थापना गर्न माग समेत गरेका छन्। एमाले–कांग्रेस दुई तिहाईको सरकारलाई अल्टिमेटम दिदै कटहरियामा एकीकृत सेवा केन्द्रको माग उनले गरेका हुन्। ।
रौतहट जिल्लाको निर्वाचन क्षेत्र नं ३ अन्तर्गत कटहरियामा एमाले–कांग्रेसको दुई तिहाई सरकारले एकीकृत सेवा केन्द्र किन रोक्यो भन्दै एमाले कांग्रेसका झोले कार्यकर्तासंग फेसबुकमा गम्भीर प्रश्न गरेका हुन्।
पर्साको पोखरीया नगरपालिकामा एकीकृत सेवा केन्द्र स्थापना हुने, अनि कटहरियामा मालपोत कार्यालय,नापी शाखा,किन न हुने भन्ने प्रश्न उनको हो।
सरकारले कटहरिया संग किन विभेद गरेको,यसको जवाब सता पक्ष दिने हो कि प्रतीपक्षले यस्तो प्रश्न समेत उनले गरेका हुन्। सरकारले समयमै न सचिएपछि कडा प्रतिकार गर्ने आजपा नेता यादवले भने ।
केही वर्ष अगाडि प्रचण्ड नेतृत्वको सरकार समक्ष पूर्व मन्त्री आजपा अध्यक्ष प्रभु साहको नेतृत्वको टोलीले तत्कालिन गृह मंत्री नारायण काजी श्रेष्ठलाई कटहरियामा सेवा केन्द्र स्थापनाकोलागि ध्यानाकर्षण पत्र बुझाएका थिए ।
कटहरिया सेवा केन्द्र भए पछि फतुवा विजयपुर नगरपालिकाका,कटहरिया नगरपालिका,गुजरा नगरपालिकालाई लाभ हुने जनाइएको छ।

