कलैयाकी एक युवतीमा जटिल निमोनिया रोगको संक्रमण

राजेश कुशवाहा
593 पाठक संख्या

कलैया : बाराको कलैया उपमहानगरपालिकाकी एक २१ वर्षीया युवतीमा जटिल निमोनिया रोगको संक्रमण देखिएको छ।

प्रादेशिक अस्पताल कलैयाका निमित मेडिकल सुपरीटेन्डेन्ट डा.अजय कुमार गुप्ताका अनुसार बिगत एक हप्ता देखि रुघा खोकी र ज्वरो लागेको युवतीमा जटिल निमोनिया रोगको संक्रमण देखिएको हो।

संक्रमित युवतीलाई उपचारको लागि जेठ ८ गते शुक्रबार प्रादेशिक अस्पताल कलैयामा उपचारका लागि भर्ना गरिएको थियो। उनको जांच तथा एक्सरे गर्दा छाती भित्र सेतो सेतो दागहरु भेटिएको डा. गुप्ताले बताए।

उनलाई आई.सि. यु भित्र आईसोलेट गरी उपचार गर्न शुरु गरिएको गुप्ताले बताए। उनको पि. सि.आर परीक्षण जेठ १४ गते बुधबार जनकपुरमा गरिएको थियो।

संक्रमित युवतीको पि.सि.आर परिक्षण को रिपोर्ट निगेटिभ देखिएको उनले बताए। उनको एक हप्ता देखि उपचार भईरहेको छ। उनको स्वास्थ्य अवस्थामा सुधार आएको डा. गुप्ता बताउछन।

भिडभाड हुने स्थानमा जादा मास्क लगाएर जानुपर्ने र को भिड जस्तै सावधानी अपनाउन डा.गुप्ताले आग्रह गरे। उनले रुघाखोकी र ज्वरो आएमा अस्पतालमा चेक जांच गराउन समेत सुझाव दिए।

Leave a review

This will close in 0 seconds