एस.बी. ट्रेडिङ्ग गोदाममा प्रहरीको छापा : ३० लाखको अवैध सामान नियन्त्रणमा

360 पाठक संख्या

वीरगञ्ज। पर्सा प्रहरीले भन्सार छली नेपाल भित्राइएको ३० लाख बराबरको खुद्रा सामान वीरगञ्जबाट बरामद गरेको छ।

पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं.७ रेल्वे सडकखण्ड स्थित वीरगञ्ज वडा नं. ५ बस्ने बिकाश गोयलले संचालन गर्दै आएको बिन्दु गोयलको नाममा दर्ता रहेको एस.बी. ट्रेडिङ्ग गोदामबाट सो सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको संयुक्त प्रहरी टोलीले सो सामान बरामद गरेको हो।

प्रहरीका अनुसार बरामद सामानमा स्टेशनरी, किराना लगायतका खुद्रा समानहरु (पेन्सिल, ईरेजर, कट्टर, तास, टेप, बेलुन, लाईटर, रबर, जिविया, गुच्चा इत्यादी ) रहेको छ।

Leave a review

This will close in 0 seconds