बारा : प्रहरीले सिराहाको गोलबजार नगरपालिका–४ क्याम्पस चोकबाट बुधबार सांझ अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने अर्नमा गाउँपालिका–३ घर भएका २० वर्षीय अभिषेक कुमार महतो,धनगढीमाई नगरपालिका–८ कसहा घर भएका २२ वर्षीय संतोष कुमार महतो र औरही गाउँपालिका–१ घर भएका १८ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
उनीहरुको साथबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम बरामद गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनीहरूको डेरा कोठा तलासी गर्दा उक्त पदार्थ बरामद गरेको हो। बरामद भएको लागु औषध सहित उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
यसैगरी प्रहरीले सिरहाको गोलबजार नगरपालिका–५ बाट बुधबार सांझ अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २२ वर्षीय दिपेन कुमार साह र सोही ठाउँ बस्ने २४ वर्षीय बिमल कुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
उनीहरुको साथबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्राम बरामद गरिएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही ठाउँ बस्ने महतोले दिएको भन्ने खुल्न आए पश्चात प्रहरीले बिमलको घर तलासी गर्दा अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम फेला पारी बिमललाई समेत पक्राउ गरेको छ।उनीहरु माथि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जानाएको छ।

