Sajhedari Daily
Latest News from Nepal

नगर प्रमुख यादव र उपप्रमुख खातुनद्वारा मदर्साको शिलान्यास

रबिन्द्र प्रसाद साह/
कलैया उपमहानगरपालिका वडा नम्बर १९ इनर्वामा मंगलवार मदर्सा भवन निर्माणको एक कार्यक्रमवीच शिलान्यास गरिएको छ ।

भवन निर्माणको कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेश राय यादव र उपप्रमुख रहिमा खातुनद्वारा संयुक्त रुपमा मदर्साको शिलान्यास गरेका हुन ।

मदर्साका हाजी हसन मिया ठकुराईको अध्यक्षतामा भउको उक्त शिलान्यास कार्यक्रम लतिफ मिया ठकुराई, अलाउदिन मिया अन्सारी वडा सदस्य रङ्पुर मदर्साका अब्दुल रहमान, पन्ना देवी स्कुलका कार्यवाहक अध्यक्ष हरिन्द्र यादव, समसोदिन मियाँ, भुपु मुखिया पतिराम प्रसाद पटेल, लालमुनी यादव, रुपनारायण साह, आदिल अन्सारी लगायतको सहभागिता रहेको थियो ।

उपमहानगरपालिकाको करिब ३३ लाखको लागतको उक्त मदर्सा भवन निर्माण गरिन लागेको हो । शिलान्यास पश्चात नगरप्रमुख तथा उपप्रमुख सहितको टोलीले सोही वडाको पचायनपुरमा भैरहेको मन्दिर निर्माणको अवलोकन गरेर उपभोक्ता समितिसंग निर्माण कार्य बारे छलफल तथा जानकारी लिएको थियो ।

Comments are closed.

error: Content is protected !!