कटहरियाको एघारौं नगरसभा सम्पन्न,५४ करोडभन्दा बढीको बजेट प्रस्तुत

साझेदारी दैनिक
628 पाठक संख्या

रौतहट । रौतहटको कटहरिया नगरपालिकाले आज आर्थिक वर्ष २०८२/०८३ का लागि नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ।

कटहरिया नगरपालिकाको प्राङ्गणमा मंगलबार आयोजित एघारौं नगरसभा नगर प्रमुख अजय प्रकाश जयसवालको अध्यक्षतामा सम्पन्न भएको नगरसभाले आर्थिक वर्ष २०८२/०८३ मा नगरको समग्र विकासका लागि ५४ करोड २५ लाख ५२ हजार रुपैयाँ आयव्यय सहितको बजेट प्रस्तुत गरेको हो ।

आर्थिक वर्ष ०८२-८३ को लागि बजेट सार्वजनिक गर्दै नगरप्रमुख अजय प्रकाश जैयसवालले आन्तरिक आयबाट ४ करोड,नेपाल सरकार बाट प्राप्त हुने वित्तीय समानिकरण अनुदानबाट १० करोड ९९ लाख सशर्त अनुदानबाट २० करोड ३२ लाख ५० हजार ९ सय ७२ रुपैयाँ राजश्व बाँडफाँटबाट १० करोड २८ लाख ६१ हजार ३ सय ७१, प्रदेश सरकार बाट वित्तीय समानिकरण ७५ लाख ६५ हजार राजश्व बाँडफाँट बाट ६१ लाख ७४ हजार ८ सय ९० रुपैयाँ स्थानीय सरकार राजश्व बाँडफाँट बाट ७ करोड २८ लाख २ सय ४२ रुपैयाँ आय रहेको सार्बजनिकिरण गरिएको छ ।

संघीय र प्रदेश सरकारको वित्तीय समानीकरण,विशेष अनुदान,शशर्त अनुदान,राजस्व बाँडफाँड,समपुरक अनुदान,आन्तरिक आय लगाएतको गरी सो रकम प्रस्तुत गरिएको नगर प्रमुख अजय प्रकाश जयसवालले बताएका छन ।

शिक्षा,स्वास्थ्य,कृषि,यातायात,खानेपानी,विधुत,भौतिक पुर्वाधार निर्माण कार्य लगाएतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको उनले बताए ।

यसका अलावा समावेशीकरण,गरिबी निवारण तथा कला,संस्कृति,खेलकुद,पूर्वाधार विकास,सिँचाइ,भवन तथा सहरी विकास,सञ्चार,वातावरण तथा विपत् व्यवस्थापनसम्बन्धी नीति तथा कार्यक्रम,संस्थागत विकास तथा सुशासनसम्बन्धी नीति तथा कार्यक्रमलगायतमा आवश्यक बजेट तथा योजनाहरू सञ्चालन गरिने मेयर जयसवालले उल्लेख गरेका छन् ।

सभामा बोल्दै नगर प्रमुख अजय प्रकाश जयसवालले सिमित स्रोतसाधनको बावजुद केही महत्वाकांक्षी तथा रुपान्तरणकारी योजना सम्पन्न गरेको बताए ।

तीन वर्षको अवधिमा नगरले विकासको क्षेत्रमा फड्को मार्न सकेको बताउँदै उनले नगरमा सञ्चालन अवस्थामा रहेको र अब सञ्चालन हुने विकास निर्माणका काम बारे जानकारी दिएका थिए ।

भौतिकसँगै रोजगारी सिर्जना,महिला विकास,शिक्षा,स्वास्थ्य जस्ता विषयमा नगरले उल्लेखनिय काम गर्न सकेको उनले बताए । सबैको साथ, सहयोग रहेमा आफना कार्यकाल भित्रमा कटहरिया नगरलाई एक विकसित र समृद्ध नगर बनाउने कल्पना सहित आफु अगाडि बढेकोले आफना अवधीमा यस नगरलाई नमुना नगरको रुपमा स्थापित गरेर देखाउने नगर प्रमुख अजय प्रकाशले प्रतिवद्धता जनाए ।

Leave a review