नवराज चौलागाई/
संविधान दिवस र गणेशमान सिंह स्मृति दिवसको अवसरमा नेपाल बिद्यार्थी संघ निजगढले विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ ।
२६ औं गणेशमान सिंह स्मृति दिवस र संविधान दिवस २०८० को अवसरमा बुधबार गणेशमान सिंहको सालिकमा माल्यार्पण र दिप प्रज्वलन गरेको हो ।
निजगढको मोहोरी स्थित गणेशमान पार्कमा रहेको गणेशमान सिंहको सालिकमा माल्यार्पण पस्चात संविधान दिवसको शुभकामना साटासाट गर्दै दिप प्रज्वलन गरिएको हो ।
कार्यक्रममा सहभागीहरुले नेपालको राजनितीमा गणेशमान सिंहले पुर्याएको योगदानको प्रसंशा गर्दै वर्तमान अवस्थामा नेता सिंह जस्तो त्याग र निष्ठाको राजनिती गर्ने नेताको आवश्यकता रहेको बताए ।
त्यसैगरी नेपालको संविधानले प्रत्येक नागरिकलाई समान हक अधिकारको व्यवस्था गरेकोले संविधानलाई जोगाई राख्न सम्पुर्ण नागरिकहरु एकताबद्ध हुनुपर्ने कुरामा जोड दिएकाथिए ।
नेबिसंघ निजगढका संयोजक नवराज चौलागाईंको सभापतित्वमा आयोजित कार्यक्रममा मधेस प्रदेश सभा सदस्य मिना कुमारी लामा,नेपाली काङ्ग्रेसकी प्रदेश सदस्य सीता मैनाली,नेपाली काङ्ग्रेसका जिल्ला सदस्य सुरेश कुमार खनाल,नेपाली काङ्ग्रेस निजगढका सभापति नवराज तिमल्सिना,नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि महेशी कुमर,नेपाल तरुण दलका केन्द्रिय सदस्य बिष्णु खड्का,आशिष तामाङ,नेबिसंघका केन्द्रिय सदस्य बिकल्प भट्टराई लगायत नेपाली काङ्ग्रेस र भातृ तथा शुभेच्छुक संघ संस्थाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेकोथियो ।
कार्यक्रमलाई नेपाली काङ्ग्रेस निजगढका सचिव मधु तिमल्सिनाले सहजीकरण गर्नुभएको थियो ।


