नन्दु राउत कुर्मिको हत्यामा संग्लन मुख्य आरोपी सहित पाचँ जना बारा प्रहरीद्वारा सार्वजनिक

संदिप प्रसाद यादव
1.2k पाठक संख्या

कलैया : जिल्ला प्रहरी कार्यालय बाराले नन्दु राउत कुर्मीको हत्यामा संलग्न रहेको भन्दै पाँच जना आरोपीलाई सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख तथा प्रहरी उपरीक्षक सन्तोष तामाङ्गले आफ्नै कार्यकक्षमा एक पत्रकार सम्मेलन गरी शुक्रबार उनीहरुलाई सार्वजनिक गरेका हुन्।

जेठ २९ गते बेलुका कलैया उपमहानगरपालिका वडा नं. १४ बघवन टोल स्थित उमेश साहको राईस मिल्स अगाडी कुटपिट हुदा नन्दु गम्भीर घाइते भएका थिए। उनको कुटपिट पछि मृत्यु भएको थियो। नन्दुलाई कलैया अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीले नन्दुको २६ वर्षीय छोरा दिपेन्द्र पटेलको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरेको हो। जाहेरी अनुसार मुख्य आरोपी कलैया उपमहानगरपालिका वडा नं. १४ बघवन टोलमा बस्ने
मुख्य अभियुक्त उमेश जैसवाल,उमेश जैसवालको श्रीमती वर्ष ३५ की रन्जु देवी,उमेश जैसवालको छोरा वर्ष २० को सुमित जैसवाल,उमेश जैसवालको छोरा वर्ष १८ को सुजित कुमार जैसवाल,उमेश जैसवालको छोरा वर्ष २५ को अमित जैसवाल र ३४ वर्षीय दिगम्बर प्रसाद जयसवाललाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो।

नन्दुराउत कुर्मिलाई उमेश जैसवाल समेतले कुटपिट गरेको प्रहरीले जनाएको छ। मृतकको नातिनि र करैयामाई गाउँपालिका वडा नं.७ उम्मजन वस्ने गौतम पासवान बिच भेटघाट गराएको विषयमा मृतकको श्रीमतिले प्रतिवादी उमेश जैसवालको कान्छो छोरा सुजितकुमार जैसवाललाई हातपात गरेकी थिइन्।

सोही कुराको रिसिवि राखी मृतक काम गरिरहेको मिलमा प्रतिवादीहरू पुगी कुटपिट गरेको जनाइएको छ। बाराको बिश्रामपुर गाउँपालिका वडा नं.४ खुदिया टोलबाट उमेश जयसवाललाई बिहीबार राति पक्राउ परेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख तामाङ्गले जानकारी दिए ।

Leave a review

This will close in 0 seconds