बाराको महागढीमाई नगरपालिका नगर स्तरीय प्रधानाध्याक(प्रअ) वैठक मंगलावर सम्पन्न भएको छ । नगरपालिकाका मेयर तथा शिक्षा समितिका संयोजक उपेन्द्र प्रसाद यादवको अध्यक्षतामा नगरका सामुदायिक विद्यालयहरुका प्रअहरुको वसेको वैठकले विभिन्न निणर्य गरेको छ ।
गढीमाई महेन्द्र नमुना मावि वरियारपुरमा वसेको प्रअ वैठकले विभिन्न निणर्य गरेको छ । वैठकले कोरोना महामारी कारण वन्द रहेको नगरका सामुदायिक विद्यालयहरु शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट जारी निर्देशिका बमोजिम स्वास्थ्य मापदण्ड अपनाएर आगामी मंसीर ८ गतेदेखी संचालन गर्ने निणर्य गरेको छ ।
यसैगरी वैठकले नगर शिक्षा समितिले गत साउन ४ गते शिक्षक मिलान सम्बन्धी गरेको निणर्यलाई प्रअहरुको वैठकले समर्थन गर्दै स्वागत गर्ने निणर्य समेत गरेको एक प्रअले जानकारी गराएका छन ।
बाराका १६ वटा स्थानीय तह मध्ये शिक्षक मिलान गर्ने महागढीमाई नगरपालिका पहिलो हो । वैठकमा नगर क्षेत्रका करिब ३० जना भन्दा वढिका प्रअहरुको सहभागिता रहेको थियो ।

