बारा : जसपाका दुई प्रभावशाली नेता गुप्ता र साह जनमतमा प्रवेश

साझेदारी दैनिक
542 पाठक संख्या

कलैया । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गर्दै बाराका दुई प्रभावशाली नेतासहित पाँच सयभन्दा बढी व्यक्ति जनमत पार्टीमा प्रवेश गरेका छन्।

बाराको कलैयास्थित कारणराज पार्टी प्यालेसमा सोमबार आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा संविधानसभा सदस्य प्रमोद प्रसाद गुप्ता र बारा क्षेत्र नम्बर ३ (ख) का पूर्व प्रदेशसभा सदस्य पारसप्रसाद साह जनमत पार्टीमा प्रवेश गरेका हुन्।

गुप्ता २०६४ सालको संविधानसभाका सदस्य रहनुका साथै केही समयका लागि संघीय खानेपानी मन्त्री प्रदीप यादवका राजनीतिक सल्लाहकारको रूपमा कार्यरत रहिसकेका छन्। त्यस्तै साह २०७४ सालमा मधेस प्रदेशसभामा निर्वाचित प्रदेशसभा सदस्य हुन्।

उक्त कार्यक्रममा विभिन्न दलहरू परित्याग गरेका पाँच सयभन्दा बढी जनालाई जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले पार्टीमा प्रवेश गराएका हुन् ।

जनमत पार्टी बारा इन्चार्ज शिवनाथ पटेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि रूपमा अध्यक्ष डा. राउतको उपस्थिति रहेको थियो।

सो कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह, पार्टीका विभिन्न तहका पदाधिकारी, नेता, कार्यकर्ता तथा सञ्चारकर्मीहरू लगायतको उपस्थिति थियो।

Leave a review

This will close in 0 seconds