कलैया : बारामा शिक्षा तथा सीप अभिवृद्धि परियोजना (ईएसइपि) सम्बन्धी परिचयात्मक कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
बाराको कलैयास्थित रहेको दरबार होटेलको सभा हलमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था चाइल्डएड नेटवर्क फाउण्डेशनले बुधबार बारा जिल्लामा शिक्षा तथा सीप अभिवृद्धि परियोजना सम्बन्धी परिचयात्मक एक कार्यक्रम बीच सम्पन्न भएको हो ।
आरआरएएफडिसिका कार्यकारी निर्देशक हरिनारायण साहको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र साहले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
ललितपुरमा अवस्थित कार्यालय तथा जर्मनीमा प्रधान कार्यालय रहेको यस संस्थाले बालबालिकाको अधिकार, गुणस्तरीय शिक्षा, विद्यालय स्वास्थ्य र दिगो जीविकोपार्जनका क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको छ।
यसै सन्दर्भमा, संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा बारा जिल्लाको बारागढी गाउँपालिका र परवानीपुर गाउँपालिका अन्तर्गत स्थानीय साझेदार संस्था दलित जनजाति उत्थान केन्द्र तथा ग्रामीण क्षेत्र तथा कृक्षिवन विकास केन्द्रको सहकार्यमा कृषि र व्यवसायिक तालिमसम्बन्धी परियोजनाहरु सञ्चालनमा ल्याइने आरआरएएफडिसिका कार्यकारी निर्देशक साहले जानकारी दिए ।
सो परियोजनाबारे क्यान शिक्षा परियोजनाका संयोजक कल्पना थापा मगरले प्रस्तुतिकरण गरेकी थिइन् । सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र साहले मधेसप्रदेश सुख्खा क्षेत्र घोषण भएपछि पानी विषयमा पनि अवधारणा ल्याउन आग्रह उनले आग्रह गरे ।
१४ वर्षसम्म नपुग्दै बालबालिकाहरुले नाशा तिर परिणत भईरहेको छ, जसको लागि पनि यश संस्थाले कसरी नाशामुक्त गर्न सकिन्छ त्यसको पनि अवधारणा ल्याउने पर्ने उनले बताए ।
उक्त कार्यक्रममा जिल्ला समन्वय समिति बाराका उपसभापति चण्डिका उप्रेती,बारा उधोग बाणिज्य संघका महासचिव रामअषिश साह घरेलु तथा साना उधोग कार्यालय बाराका प्रमुख देवेन्द्र कुमार झा,आरआरएएफडिसिका कार्यक्रम प्रबन्धक विपिन दास,डिइयुसीका कार्यक्रम संयोजक अजय कुशवाहा,राष्ट्रिय कृषक समुह महासंघका अध्यक्ष जोगानन्द कलवार,शिक्षा समन्वय ईकाई कार्यालय बाराका भुषनलाल पाल,बारागढी गाउँपालिकाका राजेश्वर साह,परवानीपुर गाउँपालिकाका रामनिवास कुशवाहा,कृषि ज्ञान केन्द्र बाराका राजवंशी प्रसाद चौरसिया,चाइल्ड नेट्वोर्कका कर्मचारी,सुरक्षाकर्मी,सञ्चारकर्मीहरु लगायतको उपस्तिथि रहेको थियो ।
सो कार्यक्रमको संचालन मिनि कुमारी साहले गरेकी थिइन् ।

