कोल्हवी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाराको कोल्हवी नगरपालिका वडा नम्बर ८ बेल्वा बजारमा शुक्रबार हस्ताक्षर अभियान सञ्चालन गरेको छ।
बिहान ७ बजेबाट शुरु भएको अभियान बेलुकी ५ बजेसम्म सञ्चालन गरीएको उक्त डेक्समा करिब तीन सय भन्दा बढीको हस्तारक्षर संकलन गरिएको जनाईएको छ ।
रास्वपाले बेल्वा लगायत कोल्हवी नगरपालिकाको अन्य वडाहरुमा पनि विभिन्न जिल्लाहरुमा पनि हस्ताक्षर अभियानका लागि ‘ऐक्यबद्धता डेस्क’ सञ्चालन गरिने जनाईएको छ ।
रास्वपाले सभापति लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै सोको विरोधमा पार्टीले देशभर जनताको हस्ताक्षर अभियान सुरु गरेको हो ।
सहकारी ठगी प्रकरणमा जेलमा रहेका रविको समर्थनका लागि उनीहरूले हस्ताक्षर अभियान चलाएका हुन्। आज पनि बारा लगायत मुलुकका विभिन्न ठाउँमा ऐक्यबद्धता डेस्क सञ्चालनमा ल्याइएको रास्वपाले जानकारी दिएको छ।


