नगरप्रमुख यादव र उपप्रमुख खातुनद्वारा योजनाहरुको अनुगमन

साझेदारी दैनिक
495 पाठक संख्या

रबिन्द्र प्रसाद साह /
कलैया उपमहानगरपालिकाका नगरप्रमुख तथा उप्रमुखले वडा नम्बर १७ मा निर्माणाधिन रहेको विभिन्न योजनाहरुको शनिवार अनुगमन तथा निरीक्षण गरिएको छ।

नगरप्रमुख राजेश यादव र उपप्रमुख रहिमा खातुनले संयुक्त रुपमा उक्त वडा संचालित योजनाहरु र वडामा रहेका समस्याहरू माथि छलफल गरी जानकारी समेत लिएका थिए ।

अनुगमन पश्चात समुदाय बासिहरुको उपस्तिथिमा वडा नम्बर १७ का जनसमुदायाका बासिन्दाहरूसंग छलफल गरी आगामी बजेटमा समस्याहरुलाई सम्बोधन गर्दै नगरप्रमुख तथा उपप्रमुखले प्रतिवद्धता समेत जनाएका थिए ।

Leave a review

This will close in 0 seconds