कलैया : बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले पञ्चबर्षिय गढीमाई मेलालाई बिपद रहित बनाउन सबैलाई जिम्मेवार हुन आग्रह गरेका छन ।
जिल्ला प्रशासन कार्यालय बारामा आईतबार बसेको जिल्ला बिपद ब्यवस्थापन समितिको बैठकमा बोल्दै प्र.जि. अ. अधिकारीले यसरी आग्रह गरेका हुन ।उनले गढीमाई मेलालाई शुन्य क्षतिमा भब्य ,सभ्य एवम् मर्यादित बनाउनु पर्नेमा जोड दिए ।
मेला जन्य बिपदका घटनामा ध्यान केन्द्रित हुन सबै सरोकारवालासंग उनले आग्रह गरे । मेलाको लागि सुरक्षा रणनिती बनाईएको समेत उनले जानकारी दिए । उनले मेलामा अत्याधिक भिडभाड हुने भएकाले ज्येष्ठ नागरिक,बालबालिका लाई नल्याउन अभिभावक संग अनुरोध गरे ।
मेलामा चोरीका घटना हुन सक्ने भएकाले गरगहना लगाएर आउन नहुने उनको भनाई रहेको थियो । मेलामा मनोरन्जनका क्षेत्रमा हुन सक्ने सम्भावित घटनाहरुलाई मध्य नजर गरी सुरक्षा, बिमा लगायतको अनुगमन तथा सुरक्षा निगरानी गरिने समेत उनले जानकारी दिए ।
उनले जिल्लाका सबै सरकारी निकायलाई ईमान्दार भएर आ आफनो जिम्मेवारी बहन गर्न निर्देशन दिए । उनले शितलहर लगायतका बिपद जन्य घटनाहरु जुनै सुकै बेला समेत आउने भएकाले प्रतिकार गर्न पुर्व तयारी गर्नुपर्ने बताए ।
मेलामा पानीको श्रोत संरक्षणमा खानेपानी डिभीजन कार्यालय सचेत हुनुपर्छ उनले भने । अगामी मंसिर २३ गते रंगा बली र २४ गते बोका बली रहेकाले त्यस दिन धेरै भक्तजनहरुको अत्याधिक भिड बढने बताए ।
उक्त बैठकमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक महेन्द्र खडकाले मेला लक्षित सुरक्षा रण्नितीको बारेमा जानकारी गराएका थिए ।
उक्त बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भटृराई,सशस्त्र प्रहरी उपरिक्षक सन्तोश बहादुर सिंह,राष्ट्रिय अनुसन्धान कार्यालयका उपनिर्देशक दिपक खडका,जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल,निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी,कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीबारागढी गाउँपालिकाका अध्यक्ष अशोक प्रसाद जयसवाल,परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षेत्री नेकपा एमाले बाराका जिल्ला अध्यक्ष अदयानन्द पाण्डेय,राष्ट्रिय स्वतन्त्र पार्टी बाराका चन्दन स्वर्णवालको उपस्थिति रहेको थियो ।
यसैगरी नेपाल बिधुत प्रधाधिकरण कलैया बितरण केन्द्रका प्रमुख ऋषि कुमार बर्णवाल,खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराका किशोरी प्रसाद यादव,पशु सेवा बिज्ञ केन्द्र बाराका रामकिशोर साह,जिल्ला स्वास्थय कार्यालय बाराका तेजनारायण सिह,प्रादेशिक अस्पताल कलैयाका डा. सुरज सरज साह,नेपाल रेडक्रस सोसाईटी बाराका उदय नेपाल लगायतकाले बोलेका थिए ।
उक्त बैठकमा संचारकर्मी,सरकारी कार्यालयका कर्मचारी,संघ संस्थाका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।


