महोत्तरीको रातो खोलाले बगाउदा युवकको मृत्यु

साझेदारी दैनिक
289 पाठक संख्या

महोत्तरी : महोत्तरी जिल्लाको बलवा नगरपालिका–२ मा रातु खोलामा आएको बाढीले बगाउँदा सोमबार एक युवकको मृत्यु भएको छ ।

यसरी खोलाले बगाउदो मृत्यु हुनेमा महोत्तरी गाउँपालिका–३ डाम्ही बस्ने वृजमोहन ठाकुरका छोरा अन्दाजी ३०–३५ वर्षीय चन्दनकुमार ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

ठाकुर बलवा नगरपालिका–३ पडौल बजारबाट डिजल लिएर फर्कने क्रममा खोलामा आएको बाढीले बगाएर उनको मृत्यु भएको जिप्रका महोत्तरीका प्रहरी निरीक्षक नन्दकिशोरप्रसाद चौहानले जानकारी गराएका छन ।

Leave a review