बालसुधार गृहमा भयो सात दिने मैनबत्ति बनाउने तालिम

साझेदारी दैनिक
262 पाठक संख्या

वीरगञ्ज : प्रकाश प्रोजेक्टको सञ्चालनमा सानोपाइला संस्थाको आयोजनामा तथा क्वेष्ट फर्माको आर्थिक सहयोगमा सात दिने मैनबत्ति बनाउने तालिम सम्पन्न भएको छ।

वीरगञ्जस्थित बालसुधार गृहमा तालीमको पहिलो चरणमा बालसुधार गृहमा रहेका १५ जना बालबिजयीकर्ताहरू सहभागी भएका थिए। बालबालिकाहरूले विभिन्न किसिमका आकर्षक डिजाइनका सजावटी मैनबत्तिहरू उनीहरुले बनाउन सिकेका थिए। सीपमूलक तालिम दिई आत्मनिर्भर बनाउन र भविष्यमा उपयोगी सीप प्रदान गर्ने उद्देश्यको साथ सो तालिम दिइएको हो।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बालसुधार गृहमा दिइएको यो तालिम बहु उपयोगी रहेको बताए। उनले बालबालिकालाई आत्मविश्वास दिलाउने, व्यवहारिक सीप सिकाउने र जीवनमा अघि बढ्न यस्तो तालिमले प्रेरित गर्ने प्रमुख अतिथि अर्यालले विश्वास व्यक्त गरे।

समापन समारोहमा प्रकाश प्रोजेक्टकी संयोजक शुषमा गौतम, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख निरोज चौलागाईं, सानोपाइला संस्थाका कार्यक्रम संयोजक राजकुमार तामाङ, प्रशिक्षक विपिन उपाध्याय लगायतको विशेष उपस्थिति थियो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्र, नेपाल इनोभेटिभ सोसाइटी वीरगञ्जका अध्यक्ष कमल चौगाई, क्वेष्ट फर्माका उमेश श्रेष्ठ लगायतको उपस्थिति थियो।

आयोजक संस्था तथा सहकार्यकारी प्रकाश प्रोजेक्टले यस्तो तालिमले बालअधिकार, सुधार तथा पुनस्र्थापना अभियानलाई सशक्त बनाउन योगदान पु¥याउने विश्वास व्यक्त गरेको छ। बालबालिकाले उत्पादन गरेका मैनबत्तिहरुको आगामी दिनमा बजार व्यवस्थापन गर्ने तयारीसमेत रहेको जानकारी दिइएको छ।

Leave a review