शमा चकवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा सम्पन्न

संदिप प्रसाद यादव
241 पाठक संख्या

कलैया : शमा चकवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा कलैयामा सम्पन्न भएको छ।

“ आर्थिक उन्नतिका लागि नियमित बचत गरौं“ भन्ने मुलनाराका साथ थारु सेवा सदनको सभा हलमा शनिबार साधारण सभा सम्पन्न भएको हो।

संस्थाका अध्यक्ष लक्ष्मी प्रसाद चौधरीको अध्यक्षतामा भएको सो सभाकोे प्रमुख अतिथि कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह थिए।

कार्यक्रममा बारा जिल्ला बचत तथा ऋण संघका सचीव मनिन्द्रनाथ शर्मा,अधिवक्ता प्रेमलाल चौधरी,समाजसेवी ओम प्रकाश चौधरी,रामचन्द्र चौधरी,गिरधारी चौधरी,बौद्धिमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयप्रसाद चौधरी लगायतले शुभकामना मन्तव्य राखे।

सो कार्यक्रममा अग्रेजी विषयमा विद्यावारिधि प्राप्त गर्ने बारागढी गाउँपालिका –५ सुखीपथराका डाक्टर निरज चौधरी,संस्थाका शेयर सदस्य एवम् उत्कृष्ट बचतकर्ता सीता चौधरी र संस्थाका सेयर सदस्य एवम् नियमित बचत तथा आर्थिक कारोबार गर्ने चन्द्रकान्ता चौधरीलाई दोसल्ला ओढाई र सम्मान पत्रले सम्मानित गरिएको थियो ।

सो संस्थाको कुल कारोबार ८७ लाख रुपैयाँको भएको संस्थाका सचिव प्रविण चौधरीले आय ब्यय सार्वजनिक गरेका छन्। जसमा ७७ हजार सेयर सदस्यहरुलाई वितरण गरिएको उनले बताए ।

त्यस्तै आर्थिक वर्ष २०८२/०८३ को भावी कार्ययोजना प्रस्तुत संस्थाका कोषाध्यक्ष राजु चौधरीले राखे ।

अमृता अनाथ आश्रममा १० हजार रुपैयाँ बराबरको पठनपाठन गर्न शैक्षिक सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष लक्ष्मी प्रसाद चौधरीले जानकारी दिए।

उक्त कार्यक्रममा राष्ट्रिय सहकारी बैंक कलैयाका प्रबन्धक प्रमोद श्रेष्ठ,जिल्ला समन्वय समिति बाराका प्रमुख प्रशासकीय अधिकृत अमोद चौधरी,अमृता अनाथ आश्रम कलैयाका अध्यक्ष फुलमती बस्नेतको विशेष उपस्थिति रहेको हो, ,महेन्द्र चौधरी,राष्ट्रिय अनुसन्धान बाराका डिएसपी रामबाबू चौधरी,सुमन चौधरी,प्रेमलाल चौधरी,सुर्यनारायण चौधरी, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो।
तस्वीरः सम्मान गरिदै

सो कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष महेन्द्र चौधरीको रहेको थियो भने संचालन जितन प्रसाद चौधरीले गर्नु भएको थियो ।

Leave a review

This will close in 0 seconds