वीरगञ्जमा हैजा देखिएपछि नारायणी अस्पतालका कर्मचारीहरूको बिदा गरियो रद्द

साझेदारी दैनिक
263 पाठक संख्या

वीरगञ्ज : मधेश प्रदेशको एक मात्र महानगर वीरगञ्जमा हैजा फैलिएको छ। तीव्र रूपमा फैलिरहेको हैजा सङ्क्रमणलाई दृष्टिगत गर्दै यहाँका अस्पतालहरुले आफ्ना कर्मचारीहरुको विदा रद्द गरेको छ।

नारायणी अस्पतालले सम्पूर्ण चिकित्सक, नर्स र कर्मचारीलाई बिदा रद्द गरेको हो। अस्पतालले तत्काल कार्यक्षेत्रमा फर्कन कर्मचारीहरुलाई आह्वान् गरेको छ।

अस्पताल प्रशासनले आइतबार एक जरुरी सूचना जारी गरेको हो। सो सूचनामा बिदामा रहेका स्वास्थ्यकर्मीहरूलाई पनि तुरुन्त हाजिर हुन अस्पताल प्रशासनले अनुरोध गरेको छ।नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत सो अस्पताल सञ्चालनमा रहेको छ।

नारायणी अस्पतालले स्वास्थ्य सङ्कटलाई गम्भीर रूपमा लिएर यस्तो पाइला चालेको हो। रोग नियन्त्रण र प्रभावकारी उपचारका लागि सम्पूर्ण स्वास्थ्यकर्मीको सक्रिय सहभागिता आवश्यक रहेको प्रशासनले जनाएको छ।

आपतकालीन सेवामा कुनै अवरोध नहोस् भन्ने उद्देश्यले बिदा स्थगनको निर्णय गरिएको हो। तत्काल फर्किएर बिरामीको सेवामा जुट्न अस्पतालले आग्रह गरेको छ।

Leave a review

This will close in 0 seconds