सामुदायिक बचत तथा ऋण सहकारीको स्थापना दिवसमा शुभकामना आदानप्रदान

रञ्जन यादव
273 पाठक संख्या

बारा : सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो १८ औं वार्षिक स्थापना दिवस तथा बिजया दशमी, शुभ दिपावली र छठ पर्वको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ।

संस्थाका उपाध्यक्ष श्रवण कुमार गुप्ताको अध्यक्षतामा र राष्ट्रिय सहकारी बैंकका शाखा सिमराका प्रमुख चन्द्रमणि भट्टराईको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा संस्थाका व्यवस्थापक शम्भु रामले स्वागत मन्तव्य दिएका थिए ।कार्यक्रममा सञ्चालक समिति, लेखा समिति, उपसमिति, शेयर सदस्य तथा कर्मचारीहरुको उपस्थिति रहेको हो।

उक्त कार्यक्रममा पूर्व कोषाध्यक्ष चन्दा कुमारी साह, शेयर सदस्य सन्तोष कुमार गुप्ता, सह–सचिव सुरज हजरा, सचिव बिपिन कुमार गुप्ता, कोषाध्यक्ष सम्भुवन गुप्ता, कार्यालय सहायक द्रोपती देवी चौधरी लगायतले शुभकामना मन्तव्य दिएका थिए ।कार्यक्रमको सञ्चालन कनिष्ठ सहायक अशोक दास तत्माले गरेका थिए।

Leave a review

This will close in 0 seconds