पेस्तोल र बेहोस पार्ने औषधिसहित वीरगन्ज बाट एक जना पक्राउ

साझेदारी दैनिक
462 पाठक संख्या

पेस्तोल र बेहोस पार्ने औषधिसहित पर्साको वीरगन्जबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मंगलबार राती ७ बजेको समयमा पेस्तोल र बेहोस पार्ने औषधि सहित सर्लाही जिल्ला बलरा नगरपालिका वडा नम्बर १० सुदामा घर भई हाल पर्साको बीरगंज उपमहानगरपालिका वडा नम्बर ११ दुर्गा टोल बस्ने ४९ बर्षका जितेन्द्र प्रसाद सिंहलाई पक्राउ गरेको हो ।

बिशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर तथा विर्ताबाट खटिएको प्रहरी टोलीले सिंहको घरबाट पेस्तोल र बेहोस पार्ने औषधि बरामद हो ।

सिंहको घरबाट प्रहरीले स्टील दराजको सेफ बक्स भित्र ७.६५ एमएमको ४ राउण्ड गोली लोड गरी राखिएको १ थान म्यागजिन,पेस्तोल र मानिसलाई बेहोस पार्ने एनेस्थेटिक इथर आइपी नामक ५ सय एमएलको बोत्तल बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ । पक्राउ परेका सिंहलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

Leave a review

This will close in 0 seconds