पत्रकार धिरेन्द्र तिवारीद्वारा महागढीमाई–२ का ५८ जना छठी व्रतालुहरुलाई साडी वितरण

साझेदारी दैनिक
465 पाठक संख्या

कलैया । पत्रकार धिरेन्द्र तिवारीले इनार्वा टोलमा ५८ जना छठी व्रतालुहरुलाई बिहीबार ( आज) साडी वितरण गरेका छन् ।

बाराको महागढीमाई नगरपालिका वडा नम्बर २ इनार्वा टोलमा आफ्नोे व्यक्तिगत रकमबाट पत्रकार तिवारीले आफ्नोे जन्मस्थानमा अति गरिब , बिपन्न दलित , एकल महिला लगायत छठ गर्ने ५८ जनालाई साडी वितरण गरेका हुन्।

उनी तिवारी मिडिया प्रा.लीद्वारा संचालित उज्यालो न्यूज डटकम तथा बारा संचार साप्ताहिकका संचालक तथा प्रेस चौतारी बाराका सहसचिव एवम नेपाल पत्रकार महासंघ बारा जिल्ला कार्यसमिति सदस्य रहेका हुन् । आउने दिनमा पनि थप सहयोग गर्ने उनले प्रतिबद्धता गरेका छन् ।

पत्रकार तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा महागढीमाई नगरपालिका –२ का वडा अध्यक्ष विश्वनाथ कुशवाहा,स्थानीयबासी,प्रहरी,सञ्चारकर्मीहरु लगायतको उपस्थिति थियो।

Leave a review

This will close in 0 seconds