मधेशका मुख्यमन्त्री सोनल र बेलायती दूतावासका प्रतिनिधिवीच भेटघाट

राजेश कुशवाहा
290 पाठक संख्या

कलैया । नेपालका लागि बेलायती राजदूतावासको विकास कार्यक्रम प्रमुख पौलिन सिनन नेतृत्वको टोलीले मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलसंग शिष्टाचार भेट गरेको छ ।

उक्त अवसरमा मुख्यमन्त्री सोनलले प्रदेशको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको समग्र विकासका लागि बेलायती दूतावासजस्ता अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताएका छन ।

भेटघाटको क्रममा बेलायती टोलीकी प्रमुख सिननले प्रदेश सरकारका विकास प्रयासहरूमा सहकार्य र समर्थनका लागि दूतावास प्रतिबद्ध रहेको बताईन ।

उनले सम्भावित सहकार्यका क्षेत्रमा छलफल गरिने जनाईन । सो अवसरमा प्रदेश सरकारका उच्च अधिकारीहरू र बेलायती दूतावासका प्रतिनिधिहरूको समेत उपस्थिती रहेको थियो ।

Leave a review

This will close in 0 seconds