संविधानविपरीत ढंगले प्रदेश सरकार गठन गरिएको जेनजी एण्ड युथ अफ बाराको आरोप

साझेदारी दैनिक
390 पाठक संख्या

कलैया । जेनजी एण्ड युथ अफ बाराले संविधानविपरीत ढंगले प्रदेश सरकार गठन गरिएको भन्दै आपत्ति जनाएको छ। आज एक विज्ञप्ति जारी गर्दै मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुभेदी भण्डारीद्वारा गरिएको मुख्यमन्त्री नियुक्ति प्रक्रिया संविधानको धारा १६८ को मर्मविपरीत भएको जेनजी एण्ड युथ अफ बाराले दाबी गरेको हो।

मुख्यमन्त्री नियुक्तिका लागि आवश्यक संसदीय समर्थन र संवैधानिक प्रक्रिया पूरा नहुँदै गरिएको निर्णयले प्रदेशको लोकतान्त्रिक अभ्यासमा गम्भीर प्रश्न उठाएको संगठनले जनाएको छ।

“संविधानले तोकेको विधि र मापदण्डलाई बेवास्ता गरेर गरिने कुनै पनि नियुक्ति स्वीकार्य हुन सक्दैन,” विज्ञप्तिमा उल्लेख छ। संगठनले संविधानको मर्मअनुसार प्रदेश प्रमुखले निष्पक्ष र पारदर्शी भूमिकामा रहनुपर्ने बताउँदै, राजनीतिक स्वार्थमा आधारित निर्णयले प्रदेशको स्थायित्वमा नकारात्मक असर पार्ने चेतावनी दिएको छ।

जेनजी एण्ड युथ अफ बाराले नेपाल सरकारसँग तत्काल उक्त निर्णय खारेज गरी संविधानअनुसारको प्रक्रिया अपनाउन माग गरेको छ। साथै, भविष्यमामा यस्ता असंवैधानिक अभ्यास रोक्न संघीय र प्रदेश दुवै तहमा राजनीतिक उत्तरदायित्व सुनिश्चित गर्न आग्रह गरेको छ।

Leave a review

This will close in 0 seconds