खाने कुरामा स्वच्छता,गुणस्तरीयता कायम गर्न जीतपुरमा तालिम

रञ्जन यादव
255 पाठक संख्या

खाने कुरामा स्वच्छता,गुणस्तरीयता कायम गर्न र सफा बनाउने उद्देश्यले बाराको जीतपुरमा होटल,रेष्टुरेन्ट तथा क्यान्टिन सञ्चालकलाई खाद्य स्वच्छतासम्बन्धी एक दिने तालिम प्रदान गरिएको छ ।

खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन पर्साले बिहीबार जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघको सभाहलमा आयोजित खाद्य स्वच्छतासम्बन्धी एकदिने तालिममा जीतपुरका करिब ५० जना होटल, रेष्टुरेन्ट तथा क्यान्टिन सञ्चालकको सहभागिता थियो ।

तालिममा होटल,रेष्टुरेन्ट तथा क्यान्टिनमा बनाउँने खाना र खाजामा स्वच्छता,गुणस्तरीयता ल्याउने विधिबारे कार्यपत्र प्रस्तुत गर्दै खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन पर्साका प्रमुख सुरेशकुमार सिंहले होटल तथा रेष्टुरेन्टको प्रतिस्पर्धा खाद्य स्वच्छता र गुणस्तरीतामा हुनुपर्ने बताए ।

उहाँले खाद्य स्वच्छताका लागि होटल तथा रेष्टुरेन्टमा प्रयोग हुने रसायन,भाँडाकुडा,शौचालय,झ्यालढोका,भान्सा,खाना खुवाउने ठाउँ, कच्चा तथा तयारी खानेकुराका लागि छुट्टाछुटै ठाउँ, पानीको भण्डारण तथा प्रशोधन प्रक्रिया,हातधुने नियम,खानेकुराको रेखदेख,खानेकुराको सम्पर्कमा आउने सम्पूर्ण उपकरण सफा हुनुपर्ने जानकारी दिनुभयो ।

तालिममा जीतपुरसिमरा नगरउद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले जीतपुरसिमरा उपमहानगरकै ठूलो बजार जीतपुर भएको हुनाले यहाँको होटेल रेष्टुरेन्टको खाना गुणस्तर युक्त हुनु आवश्यक रहेको बताएका छन । जीतपुरका खाना तथा परिकारहरुको आफनो छुटै पहिचान भएका कारण यसलाई कायम राख्न सबैको दायित्व भएको जनाए ।

होटल,रेष्टुरेन्ट तथा क्यान्टिन ब्यवसायीहरुले खाद्य स्वच्छतामा ध्यान दिन नसक्दा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने उनको भनाई । स्वच्छ र सुन्दर खाना तथा खाजा हुँदा ग्राहकलाई लोभ्याउँने गरेको बताए ।

तर त्यही खाना फोहर तथा अस्वस्थकर हुँदा सोहि ग्राहकबाट आलोचना समेत हुने गरेको जानकारी दिनुभयो ।त्यहि भएर आफ्नो होटेल,रेष्टुरेन्ट र क्यान्टिनलाई सफा राख्ने तथा खानेकुराहरुलाई सफा ठाउँमा राखेर उपयोगमा ल्याउन आग्रह गर्नुभयो ।

कार्यक्रममा सहभागीहरुले राखेको जिज्ञासा्को जवाफ खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्साको प्रमुख सिंहले दिनुभएको थियो ।

उक्त तालिम कार्यक्रममा जीतपुरसिमरा नगर उधोग बाणिज्य संघका कोषाध्यक्ष रामबाबु साह,होटेल पर्यटन ब्यवसायी संघ बाराका कार्यवाहक अध्यक्ष शम्भु खडगी लगाएत जीतपुरसिमराका होटेल ब्यवसायी किराना पसल संचालकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा खाद्य स्वच्छता सम्बन्धि कुराहरु लेखिएको झुन्डयाउँने ब्यानर तथा स्टीकर बितरण गरिएको थियो ।

Leave a review