सशस्त्र प्रहरीद्वारा साढे ६ लाखको अबैध सामान बरामद

साझेदारी दैनिक
305 पाठक संख्या

कलैया । सशस्त्र प्रहरी बलले बारामा मोटरसाइकलसहित साढे छ लाखको अवैध सामान बरामद गरेको छ।

बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नं. ६ अमरपुरस्थित सीमा ईलाकामा बोर्डर आउट पोष्ट गोलागंजबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक प्रशान्त अर्यालको कमाण्डमा खटिएको टोलिले सामान बरामद गरेको छ।

भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको मोटरसाइकल सहित अन्दाजि एक लाख ५२ हजार पाँच सय बराबरको कपडा र मोटरसाइकल बरामद भएको छ ।

त्यस्तै सुवर्ण गाउँपालिका वडा नं. ७ कोरैया सीमा ईलाकामा बोर्डर आउटपोष्ट सनफुलवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक शिवशंकर पराजुलीको कमाण्डमा खटिएको टोलिले सामान बरामद गरेको छ।

भारतबाट अवैध रुपमा मोटरसाइकल प्रयोग गरी नेपालतर्फ ल्याउदै गरेको ३५ हजार बराबरको कपडा र अन्दाजी एक लाख मूल्य बराबरको मोटरसाइकल गरी एक लाख ३५ हजार बराबरको कपडा र मोटरसाइकल बरामद गरिएको छ।

त्यसैगरी सुवर्ण गाउँपालिका वडा नं. ३ स्थित सतगंज सीमा ईलाकामा बोर्डर आउटपोष्ट कवहीगोठबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक विश्‍वराज कार्कीको टोलीले भारतबाट अबैध रुपमा ब्यक्तिहरुले टाउकोमा बोकि नेपाल तर्फ ल्याउदै गरेको ७५ हजार चार सय ५० रुपैयाँ बराबरको रेडिमेड साडिका कपडाहरु,किराना सामानहरु सशस्त्र प्रहरीले बरामद गरेको छ।

टाउकोमा सामान बोकी ल्याउनेहरु सामान छाडी फरार भएका थिए। पचरौता नगरपालिका वडा नं. ०७ भवानिपुरस्थित बिओपी बेनौलीबाट सशस्त्र प्रहरी नायब निरीक्षक श्यमानन्द चमारको कमाण्डमा खटिएको टोलीले अवैध सामान बरामद गरेको छ।

भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ मोटरसाइकलमा ल्याउँदै गरेको अन्दाजि ३५ हजार आठ सय बराबरको किराना तथा खाधान्न आईटम र मो.सा.को अन्दाजि मुल्य रु. १ लाख २० हजार गरी जम्मा अन्दाजि मुल्य रु.१ लाख ५५ हजार ८ सय बराबरको अवैध मोटरसाइकल र किराना सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

बिश्रामपुर गाउँपालिका-०४ बलिरामपुर सीमा ईलाकामा ससस्त्र प्रहरी बल,नेपाल एफ.ओ.बि.बलिरामपुरबाट खटिएको सशस्त्र प्रहरी नायव निरीक्षक सुर्यप्रसाद रेगमीको टोलीले मोटरसाइकलमा भारतबाट नेपाल तर्फ ल्यादै गरेको अन्दाजि मुल्य रु.३३ हजार बराबरको औषधि र मोटरसाइकलको अन्दाजी मुल्य रु.१ लाख गरि जम्मा अन्दाजी मुल्य रू.१ लाख ३३ हजार रुपैयाँ बराबरको मोटरसाइकल र औषधि बरामद गरेको छ।

बरामद सबै सामान आज भन्सार कार्यालय बुझाईने सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गण हे.क्वा का गणपति एवम् सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर के.सी.ले जानकारी दिएका छन् ।

Leave a review

This will close in 0 seconds