टाँंगिया बस्तीबाट सालको चिरान काठसहित एक जना पक्राउ

रञ्जन यादव
413 पाठक संख्या

जीतपुर :बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ स्थित टाँगिया बस्तीबाट १३ थान साल जातको चिरान काठ सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा करिब ५५ बर्षिय सुकमान जिम्बा रहेका छन् । बिशेष सूचनाको आधारमा कोल्हवी सव–डिभिजन वन कार्यालयबाट अधिकृत कृष्ण पटेलको कमाण्डमा गएको बन गस्ती टोलीले जिम्बालाई करिब ६ क्यु. फिट काठसहित पक्राउ गरेको हो ।

डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजीव कुमार झाले जानकारी दिए । पक्राउ परेका जिम्बालाई डिभिजन बन कार्यालयको थुनुवा कक्षमा राखिएको छ ।

यस बिषयमा अनुसन्धानपछि थप बिवरण दिन सकिने डिभिजनल बन अधिकृत झाले बताए ।

वन सम्पत्तिको अवैध कारोबार तथा तस्करी नियन्त्रण गर्न डिभिजन बन कार्यालयले आफनो सक्रियता बढाएको छ ।

Leave a review