कलैया : पर्सा प्रहरीले ठूलो परिमाणमा अवैध नियन्त्रित लागु औषध ट्रामाडोलसहित चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं.२४ रामगढवा बस्ने वर्ष २० को यूवराज पटेल, वडा नं.२४ रामगढवा बस्ने वर्ष २१ को अफजल देवान,धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं.६ बस्ने वर्ष १९ को रामहरि मगर र धादिङको सिदलेख गाउँपालिका वडा नं.७ बस्ने वर्ष १९ को राजकुमार मगराती रहेका जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवंम् प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिएका छन् ।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१५ प्रतिमाचोक स्थित टिकट काट्ने काउन्टर अगाडि रोकिएको सार्बजनिक बाग्मति प्रदेश ०८–००१ ज ०११७ नम्बरकोईभि गाडीलाई कानूनी रित पुर्या्इ जाँच गर्दा रातो र गुलाबी रंगको सुटकेशभित्र लुकाइ छिपाइ राखिएको लागु औषध ट्रमाडोल ६०५३० पिस क्याप्सुल सहित सुटकेश बोक्ने दुइ जनालाई नियन्त्रणमा लिइएको हो।
थप अनुसन्धान पश्चात पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं.२४ रामगढवामा डेराकोठा भाडामा लिइ बस्ने र लागु औषध ट्रमाडोल सुनियोजित तरिकाले लुकाइ छिपाइ राखिएको अवस्थाबाट कार्टुनभित्र १५६४० पिस गरी ७६१७० पिस लागु औषध ट्रमाडो सहित सो कार्यमा संलग्न चार जनालाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाहरुमाथि पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीले पक्राउ गरेको छ।

