राष्ट्रको अर्थ नीतिलाई बलियो पार्ने व्यवसायीहरु नै होः केन्द्रीय अध्यक्ष वाग्ले

साझेदारी दैनिक
433 पाठक संख्या

कोल्हवी । प्रणामी व्यावसायी संघका केन्द्रीय अध्यक्ष विष्णु प्रसाद वाग्लेले राष्ट्रको अर्थ नीतिलाई बलियो पार्ने भनेको व्यवसायीहरु नै रहेको बताएका छन।

बाराको कोल्हवी ८ मधुवन नयाँवस्तीमा आयोजित प्रणामी व्यावसायी संघ बाराको पाँचौ बार्षिक साधारणसभाको शनिबार उद्घाटन गर्दै अध्यक्ष वाग्लेले यस्तो बताएका हुन ।

उनले देशको अर्थतन्त्र बलियो बनाउने भनेको व्यापार व्यावसाय नै भएको बताए । व्यापार व्यावसायले नै देशमा आर्थिक समृद्ध हुने हुदा राज्यले पनि व्यावसायीहरुको हकहित र सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने अध्यक्ष वाग्लेले बताएका हुन ।

केन्द्रीय अध्यक्ष वाग्लेले देशभर छरिए रहेका प्रणामी व्यावसायीहरुलाई एकिकृत गरी देशमै पहिचान योग्य उद्योग र उद्योगी बनाउन लक्ष्यका साथ प्रणामी व्यावसायी संघले काम गरिरहेको जानकारी गराउनुभयो ।

साधारणसभा उद्घाटन कार्यक्रममा संघका केन्द्रीय सल्लाहकार अर्जुन प्रसाद वाग्ले, केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद घिमिरे, केन्द्रीय सदस्य प्रकास सापकोटा, रामप्रसाद हुमागाई, श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालका केन्द्रीय सदस्य सुमन सुवेदी लगायतकाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रणामी व्यावसायी संघ बाराका अध्यक्ष होमनाथ उप्रेतिको अध्यक्षतामा भएको साधारणसभामा स्वागत मन्तव्य संघका सचिव श्याम अगस्तीले र कार्यक्रमको संचालन संघका सह-सचिव सन्तोष पाण्डेले गर्नुभएको थियो ।

उक्त साधारणसभाको उद्घाटन समारोहमा श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल मधेस प्रदेश समितिका सचिव उमेश सापकोटा, श्रीकृष्ण प्रणामी बाईजुराज महिला समिति बाराकी अध्यक्ष मन्दिरा उप्रेती, श्रीकृष्ण प्रणामी मन्दिर कोल्हवी ८ नयाँवस्तीका अध्यक्ष रामचन्द्र सुवेदी लगायतको समेत विशेष सहभागिता रहेको थियो ।

Leave a review