नेपाली काँग्रेस बाराद्वारा भट्टराई र यादवको नाम हस्ताक्षरबाट हटाउन माग

साझेदारी दैनिक
611 पाठक संख्या

कलैया : नेपाली काँग्रेस बाराले विशेष महाधिवेशनको लागि बुझाएको दुई जनाको नाम हस्ताक्षरबाट हटाउन माग गरेको छ।

नेपाली कांग्रेस बाराका कार्यालय सचिव अम्बिका प्रसाद यादवले एक प्रेस विज्ञप्ति जारी गरी उनीहरुको नाम हस्ताक्षरबाट हटाउन माग गरेका हुन्। विज्ञप्तिमा शरदचन्द्र भट्टराई र वीरेन्द्रप्रसाद यादवको नाम हटाउन भनिएको हो।

विज्ञप्तिमा “विशेष महाधिवेशन“ को लागि बुझाइऐको हस्ताक्षरमा उनीहरुको नाम र तिनको हस्ताक्षर समेत रहेको जानकारीमा आएको उल्लेख गरिएको छ। ती व्यक्तिहरु नेपाली काँग्रेस महाधिवेशन पदमा नरहेको जानकारी गराइएको छ। उनीहरुको नाम र हस्ताक्षर हटाउन विज्ञप्तिमा अनुरोध गरिएको छ।

शरदचन्द्र भट्टराई महाधिवेशन प्रतिनिधिको पदमा रहेका र उनी रास्वपामा प्रवेश गरेकोले उनको हस्ताक्षर हटाउन भनिएको हो। यस्तै वीरेन्द्रप्रसाद यादव महाधिवेशन प्रतिनिधि तथा जिल्ला कार्य समिति सदस्य रहेकोमा उनी स्वतन्त्र रुपमा प्रदेश सभा सदस्यको उम्मेदवार रहेकोले नाम हटाउन विज्ञप्तिमा यादवले अनुरोध गरेका हुन्।

Leave a review

This will close in 0 seconds