प्याब्सन टि–२० क्रिकेटको उपाधि ग्यालेक्सीको कव्जामा

साझेदारी डेलि
316 पाठक संख्या

कलैया : नेसनल प्याब्सनको २८ औँ स्थापना दिवसको अवसरमा प्रसौनीमा आयोजित टि–२० क्रिकेट प्रतियोगिताको उपाधि ग्यालेक्सी पब्लिक बोर्डिङ स्कुलले कव्जा गरेको छ। फाइनल खेलमा ग्यालेक्सीले डिभाइन बोर्डिङ स्कुललाई १० विकेटले बुधबार पराजित गर्दै उपाधिमाथि कव्जा जमाएको हो।

श्री चटिया बाबा रंगशाला प्रसौनीमा सम्पन्न फाइनल खेल भएको हो। पहिले ब्याटिङ गर्दै डिभाइन बोर्डिङ स्कुल १७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ६१ रनमै समेटिएको थियो। ६२ रनको सामान्य लक्ष्य पछ्याएको ग्यालेक्सी पब्लिक बोर्डिङ स्कुल मैदानमा उत्रेको थियो। उसले चार ओभर एक बलमै बिना विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो।

ग्यालेक्सीका ओपनर ब्याट्सम्यानहरूले आक्रामक र संयमित ब्याटिङ गरेका थिए। प्रारम्भिक बल्लेबाजले टोलीलाई उपाधिसम्म पु-याएका थिए।

Leave a review

This will close in 0 seconds