महामहोत्सवको प्रचार गर्न वृहद मोटरसाईकल -याली

संदिप प्रसाद यादव
266 पाठक संख्या

कलैया : बाराको निजगढ नगरपालिका वडा नम्बर ६ सडक टोलमा माघ २१ गते बुधबारदेखी संचालन हुने श्रीकृष्ण प्रणामी धर्म महामहोत्सव–२०८२ को प्रचारगर्ने उदेश्यले मंगलवार वृहद मोटरसाईकल -याली प्रर्दशन गरिएको छ ।

श्रीकृष्ण प्रणामी मन्दिर सडकटोल मन्दिर परिसरबाट विहान करिब १० बजे शुरु गरिएको वृहद मोटरसाईकल -यालीको श्री १०८ अमृतराज महाराजजीद्धारा उद्घाटन गर्नुभएको थियो । विशाल मोटरसाईकल -यालीले निजगढ नगरपालिकाको विन्नि वडाहरु सिंगौल,रतनपुरी लगायतका स्थानहरु परिक्रमा गरिएको थियो ।

माघ २१ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने श्रीकृष्ण प्रणामी धर्म महामहोत्सव–२०८२ को उद्घाटन बुधबार श्रीकृष्ण प्रणामी धर्माचार्य अनन्तश्री विभूषित जगद्गुरू आचार्य श्री १०८ कृष्णमणिजी महाराज ज्युले गर्नुहुने जनाईएको छ । बुधवार विहान ८ बजे कलश यात्रा समेत राखिएको छ ।

श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल तथा श्रीकृष्ण प्रणामी धर्म महा महोत्सव –२०८२ मूल समारोह समितिको आयोजनामा सो महोत्सव हुने भएको हो। सात दिने श्रीकृष्ण प्रणामी धर्म महामहोत्सव निजगढमा हुदै छ। महामहोत्वलाई समारोहलाई दृष्टिगत गर्दै बुधबार निजगढ नगर कार्यपालिकाले सार्वजनिक विदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतमले जानकारी दिए ।

Leave a review

This will close in 0 seconds