बारा-३ मा कांग्रेस उम्मेदवार फरमुल्लाह मन्सुरको चुनावी जनसम्पर्क तीव्र

संदिप प्रसाद यादव
297 पाठक संख्या

कलैया :बारा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका फरमुल्लाह मन्सुरले चुनावी जनसम्पर्क अभियानलाई तीव्र बनाएका छन्।

उम्मेदवार मन्सुरले बुधबार कलैया उपमहानगरपालिका–१३ मा वडा स्तरीय अगुवा कार्यकर्ता, स्थानीय नेता तथा सर्वसाधारणसँग विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका हुन्।

नेपाली कांग्रेसका केन्द्रीय सह-महामन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मन्सुरसँगै कांग्रेस केन्द्रीय सदस्य रामानन्द यादव, नेपाल मुस्लिम संघका केन्द्रीय महासचिव प्रवेज आलमलगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको कार्यक्रममा सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी स्थानीय अगुवा कार्यकर्ता, पार्टीका नेता–कार्यकर्ता, युवा, बुद्धिजीवी तथा सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्दै मन्सुरले पार्टी संगठन सुदृढीकरण, आगामी निर्वाचनको रणनीति, स्थानीय समस्या र जनअपेक्षाका विषयमा गहन छलफल गरेका थिए।

Leave a review