कलैया : बाराको करैयामाई गाउँपालिका वडा नं. ८ नरही चोकमा वृहद निःशुल्क स्वास्थ्य शिवीर हुने भएको छ। आगामी चैत १४ गते शनिबारका दिन एक दिवसीय बृहत् निःशुल्क स्वास्थ्य शिविर हुने भएको हो। आउ मिली सहयोग गरौँ संस्था भक्तपुरको आयोजना तथा स्वास्तिक अस्पताल ललितपुरको प्रायोजनमा सो शिविर हुने भएको हो।
काठमाडौंका वरिष्ठ विशेषज्ञ चिकित्सकहरूद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण गरिनेछ। स्थानीय स्तरमा इन्द्र सुरेश मेडिकल हलले समन्वय गरिरहेको यस शिविर बिहान १० बजेदेखि सुरु हुने छ। विशेष स्वास्थ्य शिविरमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ, पेट मुटु तथा जनरल मेडिसिन विशेषज्ञ, फिजियोथेरापिष्ट र दन्तरोग विशेषज्ञहरूको उपस्थिति रहने आयोजकले जनाएको छ।
शिविरमा हाड–जोर्नी, नशा, मुख, दाँत तथा शरीरका विभिन्न जटिल एवं सामान्य रोगहरूको निःशुल्क परामर्श तथा उपचार सेवा प्रदान गरिनेछ। नागरिकहरूलाई घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा पु-याउने उद्देश्यले यो कार्यक्रम गरिएको हो।
शिविर सम्बन्धी थप जानकारी वा नाम दर्ताका लागि सम्पर्क नम्बर समेत दिइएको छ। ९८६५३३७०९६ र ९८१३१७७५८५ मा सिधै सम्पर्क गर्न सकिने आयोजकले जानकारी दिइएको छ।

