सामाजिक सञ्जालमार्फत पत्रकारमाथि दुर्व्यवहार, महासंघ मधेश प्रदेशको आपत्ति

साझेदारी डेलि
267 पाठक संख्या

कलैया । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले रातोपाटी डटकमका रौतहट संवाददाता संजय मिश्रमाथि सामाजिक सञ्जालमार्फत गरिएको मानमर्दन तथा दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।

महासंघद्वारा जारी प्रेस विज्ञप्तिमा आम जनता पार्टीका अध्यक्ष तथा पूर्व सांसद प्रभु साहको नाममा बनाइएको “I Support Prabhu” नामक फेसबुक आइडीमार्फत पत्रकार मिश्रलाई अपशब्द र असभ्य भाषा प्रयोग गरी गालीगलौज गरिएको उल्लेख गरिएको छ। उक्त घटना राजन साहले पार्टी परित्याग गरेको विषयमा समाचार लेखेको आरोपसँग सम्बन्धित रहेको जनाइएको छ।

समाचारप्रति असहमति भए प्रचलित कानुनी प्रक्रियामार्फत समाधान खोज्न सकिने व्यवस्था हुँदाहुँदै सामाजिक सञ्जालमार्फत मानमर्दन गर्नु प्रेस स्वतन्त्रता र पत्रकारको पेशागत मर्यादामाथि आक्रमण भएको महासंघले ठहर गरेको छ।

महासंघले घटनाको छानबिन गरी दोषीमाथि तत्काल कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

महासंघ मधेश प्रदेश समितिका महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’द्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्तो कार्य निन्दनीय रहेको उल्लेख गरिएको छ।

Leave a review

This will close in 0 seconds