राम मण्डल/
वीरगञ्जको नारायणी अस्पतालले शनिबार एक कार्यक्रमको आयोजना गरि आफनो १३१ औ स्थापना दिवस मनाएको छ ।
अस्पताल परिसरमा एक कार्यक्रम गरि स्थापना दिवस मनायएको हो ।
कार्यक्रमका बक्ताहरुले देशकै पुरानो अस्पतालको रुपमा रहेको नारायणी अस्पताललाई सबैले मिलेर बिकाश गर्नुपर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथी सँघीय सरकारका स्वास्थ्य तथा जनसँख्या मन्त्री मोहन बहादुर बस्नेतले मधेसका आठ जिल्लाको स्वास्थ्य क्षेत्रको बिकाशको लागि नारायणी अस्पतालमै किडनी ट्रान्सप्लान्ट गर्ने ब्यावस्था तीन मिहना भित्रैैै सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए ।
उनले किडनी ट्रान्सप्लान्ट गर्ने ब्यावस्थाको लागि दाता आएको खण्डमा सबै भन्दा पहिले नारायणी अस्पतालमा ल्याउने जानकारी दिएका थिए ।
हेटौडा र पोखरामा भएको डाक्टरमाथिको कुटपिटको घटनामा सरकारले कारवाही प्रक्रिया अघि बढाईसकेको जानकारी मन्त्री बस्नेतले दिए । नेताहरुले भाषण गरेर मात्रै काम नहुने भन्दै जनताले पूत्यक्ष लाभ लिनसक्ने किसिमको काम गर्ने नेताको खोजीमा जनता रहेको बताए ।
मन्त्रालयमा छिरेदेखि एकसय दिनमा एक सयवटा काम गर्ने अठोट अनुसार आफुले एक सय ७ वटा काम गरेको दाबी मन्त्री बस्नेतको थियो । त्यस्तै समाजका बिभिन्न रुढीबादी प्रबृतिले युवादेखि बुढासम्मको साकारात्मक भन्दा नकारात्मक सोच भएकोले प्रदेश पछि परेको मधेस प्रदेशका स्वास्थय मन्त्री बिरेन्द्र सिँहले बताएका छन ।
मन्त्री सिँहले शिक्षा क्षेत्र,चिकित्सा क्षेत्रमा ख्याती प्राप्त गरेका ब्यक्तिह्रु मधेसमा जन्मिएको भएपनि मधेसमा जन्मिएका चिकित्सकहरु मधेसमा सेवा नदिएर पलायन भएको बताएका छन ।मधेसमै जन्मिएर यहाँ सेवा नदिई चिकित्सहरु किन अन्यत्र पलायन भए यसको कारण पता लगाउन जरुरी भएको उनको भनाई थियो।
मधेस प्रदेश सरकारले यसपालि प्रदेशका आठै वटा जिल्लाका अस्पतालहरुलाई स्तरोन्नित गरि सात वटा अस्पताललाई सय बेडको अस्पतालमा स्तोन्नित गरेको बताए ।
सप्तरी,सर्लाही र पर्साको पोखरियामा प्रादेशिक अस्पतल नभएको स्थानमा ५० बेडको अस्पताल स्थापना गर्ने प्रक्रिया अघि बढेको उनले बताए ।
त्यहाँ चिकित्सक र स्वास्थ्यकर्मीहरुको अस्थायी दरबन्दिको लागि भर्ना खुलेको बताए ।वीरगञ्ज्को आयुर्बेद अस्पताललाई १० बेडको अस्पतालमा अघि बढाउने घोषणा पनि मन्त्री सिँहले गरे ।

