पर्सामा ३० हजार ट्रामाडोल ट्याब्लेटसहित भारतीय नागरिक पक्राउ

साझेदारी डेलि
99 पाठक संख्या

कलैया । पर्सा प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा आइतबार वीरगञ्ज महानगरपालिका-८ स्थित लिंक रोडमा रहेको समर होटल एण्ड लजमा लागूऔषध ओसारपसार भइरहेको आशंकामा खटिएको प्रहरी टोलीले कोठा नं. १०५ मा खानतलासी गरेको थियो। सो क्रममा भारत, बिहार राज्यको मोतीहारी जिल्ला भेलाही गाउँ बस्ने २० वर्षीय सागर कुमार पटेललाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार पक्राउ परेका पटेलको साथबाट ट्रामाडोल हाईड्रोकोलोराइड आईपी–५० (ट्रामोल) १ पत्तामा १० पिसका दरले ३ हजार पत्ता गरी जम्मा ३० हजार ट्याब्लेट बरामद गरिएको छ।

प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका पटेलमाथि आवश्यक अनुसन्धान कार्य भइरहेको प्रवक्ता बस्नेतले जानकारी दिएका छन् ।

Leave a review