सूचना प्रविधि दिवसमा बाल एकतामा एआई तालिम सम्पन्न, तीन उत्कृष्ट विद्यार्थी पुरस्कृत

साझेदारी डेलि
71 पाठक संख्या

कलैया । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा बाराको कलैयास्थित बाल एकता इङलिस बोर्डिङ्ग तथा +२ कलेजमा एक दिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तालिम सम्पन्न भएको छ।क्यान महासंघ बाराको आयोजनामा तथा बाल एकता कलेजको सहकार्य र डायनामिक टेक्नोसफ्टको समन्वयमा कार्यक्रम आज सम्पन्न गरिएको हो।

“सूचना प्रविधिको विस्तार: दिगो विकासको आधार” भन्ने मूल नाराका साथ आयोजित उक्त तालिममा विद्यार्थीहरूलाई डिजिटल प्रविधि, कन्टेन्ट निर्माण तथा एआई सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिएको क्यान बारा जिल्ला अध्यक्ष लक्ष्मण चौधरीले जानकारी दिएका छन् ।

सो कार्यक्रमको मुख्य प्रशिक्षक क्यान बाराका संयोजक इ. शशिभूषण प्रसाद रहेका थिए । तालिमका क्रममा उत्कृष्ट उत्तर दिने तीन जना विद्यार्थीलाई शर्मा इलेक्ट्रोनिक्सको तर्फबाट गिफ्ट प्रदान गरिएको अध्यक्ष चौधरीले जानकारी दिए ।

उक्त कार्यक्रममा क्यान मधेस प्रदेशका अध्यक्ष गणेश शर्मा,बाल एकता स्कुलका प्रबन्ध निर्देशक सुमोध सरार्फ, +२ कोडिनेटर प्रिन्स कुमार सिंह,अनिल साह तथा कक्षा ११ का विद्यार्थीहरूको सहभागिता रहेको थियो। सो कार्यक्रमको सञ्चालन सुरेश यादवले गरेका थिए।

Leave a review

This will close in 0 seconds