भुक्तानी विवादमा नगरप्रमुखकै दबाब : महागढीमाईमा नगर प्रहरी परिचालन गरी प्राविधिक, जिन्सी र लेखा शाखामा तालाबन्दी

साझेदारी डेलि
102 पाठक संख्या

‎बारा । बाराको महागढीमाई नगरपालिकामा सिसिटिभी क्यामरा जडानको भुक्तानी विवादलाई लिएर नगरप्रमुख उपेन्द्रप्रसाद यादवले नगर प्रहरी परिचालन गरी नगरपालिकाका महत्वपूर्ण शाखाहरूमा तालाबन्दी गराएका छन्। मंगलवार नगर प्रमुख यादवको निर्देशनमा नगर प्रहरी परिचालन गरी प्राविधिक, जिन्सी र लेखा शाखामा ताला लगाइएको हो।
‎
‎सिसिटिभी क्यामरा जडानको भुक्तानी नपाएको विषयलाई लिएर नगरप्रमुख आफैंले नगर प्रहरी परिचालन गरी प्रशासनिक शाखाहरू बन्द गराउने कदमले नगरपालिका सञ्चालनको कार्यशैलीमाथि प्रश्न उठाएको छ। नगरपालिकाका महत्वपूर्ण शाखामा तालाबन्दी गरिँदा सेवाग्राहीको कामकाज प्रभावित हुनुका साथै पालिकाको प्रशासनिक गतिविधिमै अवरोध सिर्जना भएको छ।
‎
‎दोस्रो कार्यकालमा रहेका नगरप्रमुख यादवको कार्यशैलीलाई लिएर यसअघि पनि नगरपालिका एकलौटी ढंगले सञ्चालन भइरहेको भन्दै आलोचना हुने गरेको छ। पछिल्लो समय सरकारी प्रशासनमा कानुनी प्रक्रिया र प्रशासनिक जिम्मेवारीलाई प्राथमिकता दिएर पालिका सञ्चालन गर्ने दबाब बढिरहेका बेला भुक्तानी विवादकै विषयमा शाखाहरूमा तालाबन्दी गराउने कदमले थप विवाद निम्त्याएको छ।
‎
‎भुक्तानीसम्बन्धी विवाद समाधानका लागि कानुनी तथा प्रशासनिक प्रक्रिया अपनाउनुपर्नेमा नगर प्रहरी परिचालन गरी कार्यालयका शाखाहरू बन्द गराउने कदमले नगरप्रमुखको कार्यशैली, अधिकार प्रयोग र स्थानीय प्रशासन सञ्चालनको विधिमाथि बहस सुरु गराएको छ।
‎
‎नगरपालिकाका प्राविधिक, जिन्सी र लेखा शाखामा तालाबन्दी भएपछि ती शाखाबाट हुने नियमित सेवा प्रभावित भएको छ। सार्वजनिक सेवा प्रवाह गर्ने सरकारी कार्यालयमा विवाद समाधानको नाममा तालाबन्दी गरिनु कति उचित हो भन्ने प्रश्नसमेत उठेको छ।
‎
‎नगरपालिकाको भुक्तानी विवादलाई कानुनी प्रक्रियाबाट समाधान गर्नुपर्नेमा कार्यालयका शाखाहरू बन्द गराउने कार्यले महागढीमाई नगरपालिकाको प्रशासनिक व्यवस्थापन र नेतृत्वको कार्यशैलीमाथि थप प्रश्न खडा गरेको छ।

Leave a review