धान खेतमा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु

साझेदारी डेलि
326 पाठक संख्या

बारा । बाराको सुवर्ण गाउँपालिका–७ चौरहियामा धान खेतमा जमेको पानीमा डुबेर १८ महिने बालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार महागढीमाई नगरपालिका-९ बलुवा निवासी राजिन्द्र महतोकी १८ महिने छोरी लालु कुमारी महतो मामा घर आएका बेला धान खेतमा जमेको पानीमा खेल्ने क्रममा डुबेकी हुन्।

आइतबार साँझ करिब ५ः३० बजे मामा घरपछाडि रहेको तारा चन्द साहको धान खेतमा जमेको पानीमा डुबेर उनको मृत्यु भएको हो । मृतक बालिकाको शव मामा घरमा ल्याइएको खबर साँझ ६ः१५ बजे प्रहरी चौकी बड्कीफुलबरियामा जानकारी प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक रामविध्या साहको कमाण्डमा खटिएको प्रहरी टोलीले घटनास्थल सुरक्षित राखेको थियो।

घटनाको थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको कमाण्डमा मुचुल्कालगायत सोकोसहित टोली खटिएको प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए । उनका अनुसार घटनाबारे अन्य थप अनुसन्धान कार्य भइरहेको छ।

Leave a review