कांग्रेस कार्यालयका सहयोगी केशव गौतमको निधन, यादवद्वारा श्रद्धाञ्जली

साझेदारी डेलि
50 पाठक संख्या

बारा । नेपाली कांग्रेस बारा बीपी स्मृति भवनस्थित पार्टी कार्यालयमा लामो समयदेखि कार्यालय सहयोगीका रूपमा कार्यरत केशव गौतमको ८२ वर्षको उमेरमा गए राती निधन भएको छ।

बारा जिल्लाको कलैया उपमहानगरपालिका–१ निवासी गौतमको निधनप्रति नेपाली कांग्रेस बाराका सभापति तथा कलैया उपमहानगरपालिकाका पूर्वनगर प्रमुख राजेश राय यादवले श्रद्धाञ्जली व्यक्त गरेका छन्। यादवले गौतमको पार्थिव शरीरमा नेपाली कांग्रेसको झन्डा ओढाउँदै मृतात्माको चिरशान्तिको कामना गरे।

गौतम विगत २५ वर्षदेखि कांग्रेस बारा पार्टी कार्यालयमा कार्यालय सहयोगीका रूपमा कार्यरत थिए। उनी नेपाली कांग्रेसका सक्रिय सदस्यसमेत रहेका थिए। लामो समयसम्म पार्टी कार्यालयमा रहेर सेवा गरेका गौतमको निधनले कांग्रेसका नेता तथा कार्यकर्ताले दुःख व्यक्त गरेका छन्।

श्रद्धाञ्जली कार्यक्रममा कांग्रेस बारा क्षेत्र नम्बर ३ का पूर्वक्षेत्रीय सभापति मुकेश कुशवाहा,क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति सुनिल गुप्तासहित स्थानीय नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।

२००१ साल वैशाखमा जन्मिएका गौतमले आफ्नो जीवनको महत्वपूर्ण समय नेपाली कांग्रेसको संगठन तथा पार्टी कार्यालयको सेवामा बिताएका थिए।

Leave a review