बारा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि कलैया उपमहानगरपालिका–२३ का युवाहरूले अभियानमार्फत संकलित ६७ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्।
बाढीपीडित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
‘आउनुहोस्, हातेमालो गरौँ, पीडितहरूको साथमा उभिऔँ’ भन्ने नाराका साथ युवाहरूले राहत संकलन अभियान सञ्चालन गरेका थिए।
विपद्को समयमा पीडित परिवारलाई सहयोग गर्न कलैया–२३ का युवाहरूले सबैलाई आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्नसमेत आग्रह गरेका छन्।


