नयाँबस्तीमा एकदिने निशुल्क आँखा शिविर सम्पन्न

साझेदारी दैनिक
943 पाठक संख्या

कोल्हवी, चैत
बाराको कोल्हबी नगरपालिका–८ नयाँबस्तीमा एक दिने निशुल्क आँखा परिक्षण शिविर मंगलबार सम्पन्न भएको छ।
तामागढी बचत तथा ऋण सहकारी संस्था लि. कोल्हबी बाराको आयोजना तथा निजगढ तिलगंगा सामुदायीक आँखा अस्पतालको सहकार्यमा निशुल्क आँखा परिक्षण शिविर गरिएको हो ।
सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत गर्दै आएको अभियानमा गरिएको उक्त शिबिरमा ३८४ जनाको आखाको परिक्षण गराएको सहकारीले जनाएको छ । चेकजाच गरएको मद्य मा ७५जना मोतिबन्दु भएका बिरामी फेला परेका थिए ।
मोतिबिन्दु भएका बिरामिलाई निशुल्क आँखा अप्रेसनको ब्यबस्था गरिएको र अप्रेसन गर्न जानुपर्ने बिरामिका लागि निशुल्क यातायातको ब्यबस्था गरिएको सहकारी का प्रबन्धक बासुदेव रिमालले जानकारी दिएका छन।
फोटोः शिबिरमा चेकजाच गराउदै बिरामीहरू ।

Leave a review