जीतपुरसिमराबाट तीन बालबालिका हराए

साझेदारी डेलि
126 पाठक संख्या

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ बकुलिया टोलबाट एकै परिवारका तीन बालबालिका हराएका छन्।

भारत घर भई हाल बकुलिया टोलमा बस्दै आएका मुकेश पासवानका ५ वर्षीय छोरा धिरज पासवान, ७ वर्षीया छोरी सुन्दरी पासवान र १० वर्षीया छोरी काजल पासवान भदौ २८ गते बिहान करिब ५ बजेदेखि हराएका हुन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार धिरजले खैरो रङको जिन्स पाइन्ट र पहेँलो सर्ट लगाएका थिए। उनको कपाल कालो र ठूलो रहेको तथा चप्पल नलगाएको प्रहरीले जनाएको छ।

त्यस्तै, सुन्दरीले सेतो सर्ट, कालो पाइन्ट र कालो चप्पल लगाएकी छन् भने उनको कपाल कालो र वर्ण गहुँगोरो रहेको छ। काजलले पनि सेतो सर्ट, कालो पाइन्ट र कालो चप्पल लगाएकी छन्। उनको कपाल कालो र वर्ण गहुँगोरो रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार हराएका बालबालिकाको खोजी कार्य भइरहेको छ। प्रहरीले उनीहरूलाई कसैले देखेमा वा उनीहरूबारे कुनै जानकारी प्राप्त भएमा जिल्ला प्रहरी कार्यालय बारा वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ।

प्रहरीले बालबालिकाबारे जानकारी प्राप्त भएमा ९८५५०४८१०१ वा ९८५५०४५१०१ मा सम्पर्क गर्न आग्रह गरेको छ।

Leave a review