पर्सामा चाँदीसहित बाराका दुई जना पक्राउ

साझेदारी डेलि
104 पाठक संख्या

बारा । पर्साको वीरगन्जबाट २७.७० तोला चाँदीका विभिन्न सामानसहित बाराका दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बाराको करैयामाई गाउँपालिका–८ घर भई हाल वीरगन्ज महानगरपालिका–१६ नगवा बस्ने अन्दाजी ३६ वर्षीय रामप्रकाश सराफ र बाराकै गढीमाई गाउँपालिका–५ घर भई हाल वीरगन्ज महानगरपालिका–१६ बस्ने अन्दाजी ३९ वर्षीय कृष्ण सहनी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका–२५ स्थित सिर्सिया चेकपोस्टमा भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनीहरूलाई चाँदीका विभिन्न सामानसहित पक्राउ गरिएको हो।

मंगलबार बिहान करिब १० बजे बीआर ०५ बीके ४४१७ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा २७.७० तोला चाँदीका विभिन्न सामान फेला परेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय छप्कैयाबाट प्रहरी सहायक निरीक्षक भोगेन्द्र खत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले मोटरसाइकलमा सवार दुवै जनालाई पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Leave a review