बारा । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई प्रहरी संगठनको प्रहरी महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको हो। केसी हाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत छन्।
मन्त्रिपरिषद् बैठकले वर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णयसमेत गरेको छ।



